Janakpurdham
Thu, Aug 06, 2026
`

हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो, नेतृत्वले आत्मसात नगरे क्षति पुग्छ : शंकर भण्डारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,फागुन ११ गते ।  नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाउँदा पनि आत्मसात नगरेको गुनासो गरे ।

उनले भने, ‘कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति भन्दा पनि माथि विधान सम्मेलन हुन्छ । यो पार्टीको वैधानिक व्यवस्था हो, त्यस्तो ठूलो बैठकको उपस्थिति संख्याभन्दा धेरैले लिखित रुपमा पूर्ण प्रतिस्पर्धासहित हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षरसहित बुझाएका छौं । मलाई कहिलेकाहीँ अचम्म पनि लाग्छ, हाम्रो लोकतान्त्रिक पार्टीभित्र बहुमतको पालना हुनुपर्ने हो । लिखित रुपमा महासमितिको बहुमत सदस्यहरुले बुझाउँदा पनि हाम्रो नेतृत्वले यसलाई आत्मसाt गरेर खुला रुपमा स्वीकारेको छैन । तर, यसले पार्टीलाई क्षति पुग्छ ।’साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले