मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा दादुरा-रूबेला सम्बन्धि अभिमुखीकरण गाेष्ठीकाे आयाेजना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, फागुन ११ गते । दादुरा–रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ । शुक्रवार सञ्चारकर्मीहरुसंग आयोजित गोष्ठीमा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले फाल्गुन १३ गते देखि चैत्रको ७ गते भित्र ९ महिना देखि १५ वर्ष सम्मको बालबालिकालाई खोप दिने लक्ष्य रहेको जानकारी दिए । खोप अधिकृत झाले मधेश प्रदेशका आठ वटा जिल्लाहरुमा करिब १९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको बताए । उनले ७७ वटा जिल्लाहरुमा मधेश प्रदेशको पूर्ण खोप घोषण भएका जिल्लाहरु सिरहा, सप्तरी, सर्लाही र बारा तथा घोषणा हुन प्रक्रियामा धनुषा, महोत्तरी, रौतहट र पर्सा रहेको जनाए । उनले मधेश प्रदेशमा कुल जम्मा खोप केन्द्र संख्या ११ हजार ३ सय ४६ रहेका जसमध्ये खोप कार्यकर्ता १५ हजार ५ सय ८४ तथा स्वयंसेवक संख्या १५ हजार ५ सय ८४ रहेका उल्लेख गरे । स्वास्थ्य निर्देशनालयका निमिति निर्देशक श्रवण कुमार नायकले दादुरा रुवेला भ्याक्सिन १० मात्रा भाइल २ लाख ५१ हजार ७ सय ९८ प्राप्त भएको तथा ए.डी. सिरिन्ज ०.५ एम.एल. २ करोड १९ लाख ४ हजार साथै घोलक सिरिज ५ एम.एल. २ लाख १९ हजार ६०० सय र सेफ्टी बक्स २६ हजार ९ प्राप्त भएका ध्यानाकर्षण गराए । उनले दादुरा–रुबेला विरुद्धको खोप अभियान तोकिएको तथा लक्षित समूहका लागि सुरक्षा कवचको रुपमा रहेकाले जनसमुदायलाई सुसुचित गर्न हरेक क्षेत्रवाट पहल हुनुपर्ने बताए । यस कार्यक्रमको मूख्य उद्देश्य बालबालिकाहरुमा दादुरा–रुबेला, धनुष्टंकार, अपाङता, पोलियो जस्ता रोगलाई नियन्त्रण, निवारण र उन्मुलन गर्नु हो । सन् २०१८ मा पहिलाको तुलनामा ९७ प्रतिशत बिरामीहरु घटेको हुंदा रुबेला र जन्मजात रुबेला सिन्ड्रोम नियन्त्रणको प्रमाण पत्र नेपालले प्राप्त गरेका जानकारी WHO का प्रविण झाले जानकारी दिए । कार्यक्रममा WHO का डा. सुरेश कुमार शुक्ला तथा डा. नितेश मिश्रा लगायतका उपस्थिति रहेका थिए ।
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
9 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
9 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
1 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
1 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी