अन्तर कलेज क्रिकेट प्रतियोगिता फागुन १९ गतेबाट
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,फागुन १४ गते । जनकपुरधाममा फागुन १९ गते देखि दोस्रो अन्तर कलेज स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
खेलको फाइनल चैत्र १० गते हुने पनि आयोजकले जानकारी दिएको छ । क्रिकेट खेलको विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातापछि कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
कूल १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगिता लिग चरणको आधारमा खेलाउने आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अम्बु प्रसाद साहले जानकारी दिनुभयो ।
जनकपुरधामको १२ विघा रंगभूमि मैदानमा हुने सो प्रतियोगिता १५ वर्षभन्दा माथि २३ वर्ष मुनिका खेलाडीहरू सहभागी रहने छन् ।
जनकपुर स्पोर्टस क्लब तथा न्यू भिजन नेपालको आयोजनामा हुने प्रतियोगिताले क्रिकेट खेलको विकासमा थप मद्दत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगितामा छनौट चरण, क्वाटर सेमिफाइनल तथा फाइनल गरेर चार चरणमा प्रतियोगिता गराइने भएको पनि आयोजकले जनाएको छ ।
यस प्रतियोगिता लगतै क्लब तथा जिल्ला स्तरीय प्रतियोगिता गरेर क्रिकेटको नयाँ खेलाडीको पहिचान गरेर उनीहरूको थप क्षमताको विकास गर्ने लक्ष्य रहेको प्रतियोगिताका संयोजक साहले जानकारी दिनुभयो ।
मधेश प्रदेश क्रिकेटका कप्तान हरिशंकर साहले यस्ता प्रकारको प्रतियोगिताले खेलको विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले यस्ता प्रकारको प्रतियोगिताहरू निरन्तर रुपमा भएको खण्डमा खेलको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साभार : रेडियो नेपाल
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
8 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
8 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
1 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
1 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी