भारतीय पर्यटकले नेपालमा फोन पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,फागुन १६ गते । अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् । फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको समझदारी अनुसार आजदेखि भुक्तानी गर्न मिल्ने भएको हो ।
भारतमा भिम यूपीआई र फोन पे प्रयोग गरिरहेको ग्रहकले भुक्तानी गर्न सक्ने छन् । प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अन्तरदेशीय अनलाइन कारोबार गर्नको लागि भारतीय प्रयोगकर्ताले फोन पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ ।
फोन पे का सीईओ दिवस सापकोटाले आजबाट फोन पे को क्युआर मार्फत अन्तरदेशीय अनलाइन कारोबार सुरु भएको बताए ।
उनले भने, ‘अब भारतबाट नेपाल आएका पर्यटक लगात भारतीयहरुले फोन पे मार्फत क्युआरबाट भुक्तानी गर्न सक्ने छन् । यसले क्यास बोकेर हिड्नु पर्ने झन्झट् हटाएको छ ।’
भारतीय ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु भएपछि नेपाली ग्रहाकले भने भारतमा भुक्तानी गर्न पाउने छैनन् ।साभार : नेपाल प्रेस
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..
जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..
16 घन्टा पहिले
विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..
16 घन्टा पहिले
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
2 दिन पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
2 दिन पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
3 दिन पहिले