Janakpurdham
Tue, Sep 01, 2026
`

के हो गुगल सर्चबारको टपमा देखिएको ‘लीप डे’ ?

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,फागुन १७ गते । गुगलले आफ्नो सर्च बारको टपमा भ्यागुताको एनिमेशन राखेर ‘लीप डे’ को शुभकामना दिएको छ । सन् २०२४ को फेब्रुअरी २९ का दिन बिहीबार गुगलले लीप डे शुभकामना दिएको हो ।

आखिर के हो लीप डे ?

गुगलका अनुसार लीप डे ग्रेगोरियन क्यालेन्डरमा एक दिन अतिरिक्त हुने वर्षका रूपमा मानिन्छ । हरेक ४ वर्षमा पर्ने लीप डेलाई ४ वर्ष बराबर एक लीपी वर्ष भन्ने गरिन्छ । ग्रेगोरियन क्यालेन्डर अनुसार सन् २०२४ को यस वर्षमा एक दिन अतिरिक्त थपिएर ३६५ बाट ३६६ दिन पुगेको छ । 

‘द वासिङ्टन पोष्ट’ का अनुसार लीप डेलाई सार्वजनिक बिदाका रूपमा लिइँदैन । तर, आयरल्यान्डमा महिलाहरू यस दिनमा आफ्ना साझेदारहरूलाई प्रस्ताव र प्रोत्साहन गर्ने गर्दछन् । भने, चीनका केहि भागहरूमा बालबालिकाहरूले आमाबुबालाई उपहार दिने गर्दछन् । यसका साथै लीप डे लाई केहि राष्ट्रहरुमा विवाहको लोकप्रिय दिन मानिने वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

 लीप डेको पनि रोचक तथ्य रहेको छ । लीप डे भएकै वर्ष चार वर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव र हरेक ४ वर्षमा हुने ओलम्पिकहरू यस वर्षमै पर्ने गर्दछन् ।

लीप डे को अर्को तथ्य भनेको क्यालेन्डर वर्ष र पृथ्वीको घुम्ने कक्षबिचको मिसम्याच अर्थात् बेमेल मानिन्छ । रिपोर्ट अनुसार पृथ्वीलाई आफ्नो कक्षमा घुम्न एक वर्षामा ३६५ दिन लाग्छ यो सबैलाई थाहा भएकै कुरा हो । तर वास्तवमा एक वर्षमा पृथ्वीलाई एक वर्ष घुम्न ३६५ दिन ६ घण्टा लाग्ने गर्छ ।

हरेक वर्षको ६ घण्टालाई छुट्याउदै जाँदा ४ वर्षमा एक दिन अतिरिक्त हुन आउँछ । जसलाई लीप डे भनेर भन्ने गरिन्छ ।त्यस्तै, अब ४ वर्षपछि सिधै सन् २०२८ मा र सन् २०३२ मा लीप डे पर्ने छ ।

साभार : नेपाल प्रेस

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

10 घन्टा पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

10 घन्टा पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

1 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

1 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले