Janakpurdham
Mon, Aug 31, 2026
`

न्यून गुणस्तर पाइएपछि तीन प्रकारका औषधि बिक्रीमा रोक

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २०: औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकल्स गोठाटारका दुई र फर्माको इन्डष्ट्रिज रामकोटद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो । 

बिक्री वितरणमा रोक लगाइएका औषधिमा लोमसको ब्याच नम्बर एमटीएस ०१२३ भएको मेट्रो सस्पेन्सन (ओरल सस्पेन्सन) ५ एमएल,  मेट्रोनिडाजोल बेन्जोएट २०० एमजी र ब्याच एचपी–०१२३ को हेल्माप्रेन (अबलेन्डाजोल ब्याब्लेट) ४०० एमजी छ । यी औषधि २०२३ मार्च र २०२२ जुनमा उत्पादित हुन् ।

यस्तै फर्माकोको ब्याच २२÷०१ को मेट्रो–पी (मेट्रोनिडाजोल सस्पेन्सन आइपी) ५ एमएल, मेट्रोनिडाजोल २०० एमजी पनि बिक्रीमा रोक लगाइएको विभागको सूचनामा छ । फर्माकोको उक्त औषधि जुन २०२२ मा उत्पादितमध्येको हो । 

विभागले सम्बद्ध कम्पनीहरुलाई औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिहरु बजारबाट तुरुन्त फिर्ता ल्याउन र त्यसको विवरण उपलब्ध गराउन भनेको छ । साथै विभागले रोक लगाइएका औषधि सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।   

साभार : काठमाडौं प्रेस

 

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

10 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

10 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

1 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

1 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले