प्रचण्डको नेतृत्वमा चार दलीय नयाँ गठबन्धनको पाँच सदस्यीय मन्त्रिमण्डल बन्दै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २१: नयाँ सत्ता गठबन्धन बन्ने तय भएपछि आज सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद गठन हुने भएको छ ।
नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएका छन् ।
नयाँ मन्त्रीमण्डल गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।
नयाँ मन्त्रीमण्डलमा प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक-एकजना मन्त्री बनाउने सहमति भएको हो ।
एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने पक्का भएको छ । जसपाबाट सम्भवत उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुनेछन् । माओवादीले मन्त्रीको नाम टुङ्गो लगाएको छैन ।
रवि लामिछानेले कुन मन्त्रालय लिनेछन् भन्ने पनि अझै टुंगो लागेको छैन । उनले गृह मागेका छन् । तर, अन्य दलले गृह र अर्थबाहेक रोजेर लिन आग्रह गरेको स्रोतको दाबी छ ।
जनमत पार्टीलाई पनि सरकारमा लैजाने प्रयास भएको छ । तर, अहिलेसम्म टुंगो लागेको छैन ।
साभार : काठमाडौं प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले