Janakpurdham
Thu, Aug 06, 2026
`

प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर, सरकारलाई दिएकाे समर्थन आजै फिर्ता लिने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले राजनैतिक बेइमानी गरेको ठहर कांग्रेसले गरेको छ।

बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनैतिक बेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको छ।

समर्थन फिर्ताको निर्णयको जानकारी आजै सभामुख गराउने मुख्य सचेतक रमेश लेखकले बताए।

आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताए।

संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ।

मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन तोडेको बताए।

‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे, काल्पनिक कपोलकल्पित तथा कथित कारण देखाउनुभयो । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ,’ उनले भने, ‘हामीले सहमतिहरू पालना गर्दै गयौँ। उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो।’

प्रधानमन्त्रीले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता र अनिश्चितता तर्फ लगेको लखकले बताए।

अब कांग्रेसले संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।

‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देश गरेका छौं,’ प्रमुख सचेतक लेखकले भने।

साभार : काठमाडौं प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले