संसदमा सिके राउतको कटाक्ष : बरु एलिना चौहानको गीत बजाएको भए हुन्थ्यो (भिडिओ)
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,फागुन ३० गते । सरकारलाई विश्वासको मत माग्न आयोजित प्रतिनिधिसभाको बैठक जारी बैठकमा नेताहरू एकअर्काविरुद्ध तीव्र घोचपेच र आलोचना गरिरहेका छन् । कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाज संज्ञा दिने र सत्तारुढ नेताहरूले बचाउने गर्ने क्रम चलिरहेको छ ।
यही क्रममा एक नेताले भने अहिलेकी चर्चित गायिका एलिना चौहानलाई सम्झिन पुगे । उनी हुन् जनमत पार्टीका अध्यक्ष डा। सिके राउत । धोकेबाजको प्रसंग आइरहँदा उनले एलिनाको गीत सम्झिएका हुन् ।
नेताहरूको लामो भाषणले पट्यार लागेको भन्दै उनले घण्टौँसम्म बोल्नुभन्दा पनि एलिना चौहानको गीत गाउँदा छोटो हुने सुझाव दिए ।
उनले भने, ‘मत दिने कि नदिने विषयमा छलफल भयो । सोही क्रममा हामीले सबै दलका कुराहरू पनि सुन्यौँ । त्यो घण्टौँसम्म सुन्दा खेरी लाग्यो कि त्योभन्दा बरु एलिना चौहानको गीत गाइदिँदा छोटो हुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई । लामो फेहरिस्त दिनै पर्दैनथ्यो ।’
समय समयमा गठबन्धन बन्ने र भत्किने भए पनि त्यसबाट जनतालाई केही लाभ नभएको उनले बताए । अब नेताहरूले निर्वाचनमा गठबन्धन गर्नु कतिको घातक हुन्छ भन्ने कुरा बुझ्नुपर्ने उल्लेख गर्दै उनले जनताका समस्या समाधानतर्फ ध्यान दिन पनि आग्रह गरे ।साभार : नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
24 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
24 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले