Janakpurdham
Thu, Mar 26, 2026
`

नेपाल कम्युनिस्ट पार्टी, दोलखाको छैटौं जिल्ला सम्मेलन सम्पन्न, अर्जुन योगीको नेतृत्वमा ३१ सदस्यीय दोलखा जिल्ला समिति निर्वाचित ।

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
तामाकोशी ।
नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन, वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन ’ भन्ने मुल नाराका साथमा भदौ २४ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।
सम्मेलन स्थलमा पुग्नु अघि पन्चेबाजा र झाँकीसहितको र्याली दोलखा जिल्लाको सदरमुकाम चरिकोटको चरिघ्याङ्गबाट शुरु भई सातदोबाटो चोक हुँदै सडकविभाग गेट पुगेर पुनः सातदोबाटो चोक हुँदै चरि¥याङ्गसम्म पुगेको थियो ।
अर्जुन योगीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन समारोहको संचालन राजकुमार लामीछानेले गर्नुभएको थियो । उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू ९क्रान्तिकारी० का केन्द्रीय सदस्य प्रजिना दर्नाल, आदरणीय सहिद परिवार रहनु भएको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले संसदीय व्यवस्थाको मृत्युको घोषणा निकट दिनहरुमा नै गरिने र देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरिने बताउँनु भयो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता, कार्यकर्ताहरुमाथि जारी गरेको कथित पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको झुट्ठा मुद्दाहरु तुरुन्त खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि तुरुन्त खारेज गर्नुपर्ने, चरम भ्रष्टचार, अनियमितता, बेरुजुको तुरुन्त छानबिन गरी भ्रष्टचारीहरुलाई कडा कार्वाही गर्नुपर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताउँनु भयो । सम्मेलनको उद्घाटन समारोहमा राजन धनुकेले स्वागत मन्तव्य राख्नु भएको थियो भने संजीप नेपालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बन्द सत्र समारोहमा राजन धनुके, राजकुमार लामीछाने, बसुन थामी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । उक्त अध्यक्ष मण्डलको तर्फबाट राजन धनुकेले बन्द सत्र समारोहको संचालन गर्नुभएको थियो । बन्द सत्रमा अर्जुन योगीले ‘‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन १ वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन ११’   भन्ने शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो र उक्त प्रतिवेदन पारित भएको थियो । बन्द सत्र समारोहमा प्रमुख अतिथि प्रेम दर्नाल ९विकल्प० ले अर्जुन योगीको नेतृत्व (सेक्रेटरी) मा ३१ सदस्यीय दोलखा जिल्ला समितिको प्रस्ताव पेश गर्नु भएको थियो । उक्त प्रस्ताव एक मतले पारित भएको थियो । नव निर्वाचित समितिलाई यादव दाहालले बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त सम्मेलनको उद्घाटन समारोह र बन्द सत्रमा सामना सांस्कृतिक परिवारका कलाकारहरुले आधा दर्जन प्रस्तुति प्रदर्शन गरेका थिए ।

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

16 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

16 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले