केन्द्रीय सदस्य शर्माद्वारा माओवादी परित्यागको घोषणा, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,चैत ८ गते । संविधानसभा सदस्य रामकुमार शर्माले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी सामाजिक संजालमार्फत् अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।
नेता शर्मा पार्टीको नेतृत्वप्रति लामो समयदेखि असन्तुष्ट थिए । उनले पार्टीका प्रमुख पदाधिकारीहरु बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै गएको टिप्पणी गरेका छन् ।
नेता शर्माले जनादेश विपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक(पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशातर्फ धकेलेको आरोप पनि अध्यक्ष प्रचण्डमाथि लगाएका छन् ।
उनले महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी भएको र जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महशुस गरेको पनि उनले उल्लेख गरेका छन् ।
साभार : नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
23 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
23 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले