Janakpurdham
Thu, Aug 06, 2026
`

महिला न्यायाधीशका काम तुलनात्मकरूपमा विवादरहित छन् : कानूनमन्त्री गिरी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत ९ गते ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै उनले न्याय सम्पादन सधैँ सही नहुने बताए ।

अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको कानूनमन्त्रीको जोड छ । पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको भन्दै उनले खुसी जनाए । 

गिरीले भने, ‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले कहीँ त्यसमा कमीहरू आउन सक्छन् । त्यसलाई सच्याइएको पनि हामीलाई थाहा छ । तर, तुलनात्मकरूपले हेर्ने हो भने महिला श्रीमानहरूले, महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित, साँच्चै न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट देख्न सक्छौँ । यो हामी सबैको गौरवको विषय हो ।’ 

मन्त्री गिरीले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

23 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

23 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले