Janakpurdham
Thu, Aug 06, 2026
`

भारतको कोलकाताले जित्यो इण्डो-नेपाल टी-२० च्याम्पियनशीपको उपाधि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत १७ गते ।  चितवनको भरतपुरमा भएको इण्डो-नेपाल टी-२० च्याम्पियनशीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार भएको फाइनलमा मधेश प्रदेशमाथि ३ रनको रोमाञ्चक जीत हात पार्दै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेशले ८ विकेट गुमाएर १८५ रनमात्र बनाउन सक्यो ।

मधेशलाई जीतका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । क्रिजमा थिए अभिषेक तिवारी । अन्तिम ओभरको पहिलो बलमा तिवारीले कुनै रन जोड्न सकेनन् । दोस्रो बलमा पनि तिवारीले कुनै रन लिएनन् । तेस्रो र चौथो बलमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे ।

तिवारीले अविजित ४९ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे ।
विशाल सुसलिङले २२ बलमा ५० रनको अर्धशतकीय पारी खेले । उनले ६ छक्का प्रहार गरे । शाहिल पटेलले २९ बलमा ३६ रन बनाए ।

कोलकाताका लागि सन्दीप गुप्ताले ४ ओभरमा ३९ रन खर्चिंदै ३ विकेट लिए । सौरभ यादव र अभिषेक सिंहले समान २-२ विकेट लिए । विजय यादवको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले विकास चौधरीको अर्धशतकीय पारीमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । विकासले ३७ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६७ रन बनाए ।

सन्दीप गुप्ताले २८ बलमा ३९ रन बनाए भने रमन कदयनले २९ रन बनाए ।

मधेशका लागि अभिषेक तिवारीले ४ ओभरमा २८ रन खर्चिंदै ४ विकेट लिए । विशाल पटेल, प्रजिभ यादव, भुलन सहनी र प्रदीप पासवानले समान एक-एक विकेट लिए ।

फाइनलमा कोलकाताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए । विजेता र उपविजेता टीमलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ट्रफी र मेडल वितरण गरेका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

11 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

11 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले