\'सहकारी ठगीमा रास्वपाका उपाध्यक्ष र सहमहामन्त्रीको नाम जोडियो\'
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,चैत २० गते । 'सहकारी ठगी' प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालको संलग्नता रहेको विषय संसदमा उठेको छ ।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् ।

सांसद यादवले भने- 'श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी त्यति बेला सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ । समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ ।'
हाम्रो कृषि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
नेपाली कांग्रेसले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गरिरहेको छ ।
साभार : मिडिया डबली
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
21 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
21 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले