Janakpurdham
Thu, Aug 06, 2026
`

कांग्रेस र एमाले एक ठाउँमा उभिएर देशमा स्थिरता कायम गर्नुपर्छ : शेखर काेइराला

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत २२ : कांग्रेस नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धनले कुनै निकास नदिने भन्दै कांग्रेस र एमाले एक ठाउँमा उभिएर देशमा स्थिरता कायम गर्नुपर्ने बताएका छन्।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ।’

र याेभन्दा पहिलेकाे कांग्रेस र माओवादी गठबन्धनले पनि केही नगरेकाे र अहिलेकाे एमाले र माओवादी गठबन्धनबाट पनि देशको आर्थिक विकास हुने त कुनै पनि सम्भावना नरहेकाे उनकाे भनाइ थियाे।

पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको कोइरालाकाे भनाइ थियाे।

उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको भन्ने हेक्का राख्नुपर्ने स्पष्ट पारे। कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनकाे भनाइ थियाे।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

21 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

21 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले