Janakpurdham
Sun, Aug 30, 2026
`

देशभर मतदाताको संख्या एक करोड ८० लाख नाघ्यो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत, २२ गते ।  निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचन प्रयोजनका लागि अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगको बिहीबार बिहान बसेको बैठकले गत फागुन २९ गतेदेखि चैत पाँच गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगले वेबसाईटमार्फत अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेका एक करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

 उनका अनुसार जसमा पुरुष मतदाता ९२ लाख दुई हजार ५६९ रहेका छन् भने महिला मतदाता ८८ लाख ८६ हजार २२६ रहेका छन् । यौनिक अल्पसंख्यक (एलजीबीटीआईब्यू) अर्थात अन्य मतदाताको संख्या १८८ मात्रै रहेको छ ।
 

विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख ३९ हजार ३९० रहेका छन् । जसमा पुरुष मतदाता तीन लाख ७६ हजार ४११, महिला मतदाता तीन लाख ६२ हजार ९७३ र अन्य मतदाता ६ जना रहेका छन् ।

यस्तै सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ८४९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता तीन हजार ३१९ र महिला मतदाता तीन हजार ५३० रहेका छन् ।

गत वैशाख १० गते गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८० का लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता रहेका थिए । जसमा पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५, महिला मतदाता ८८ हजार ५२ हजार ४६ र अन्य मतदाता १८५ थिए । अहिले ८७ हजार ४१७ मतदाता थप भएका निर्वाचन आयोगले जनाएको छ ।

गत निर्वाचनमा इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं दुईमा एक लाख १५ हजार ४६७ र बझाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं एकको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ११० मतदाता रहेका थिए ।

आगामी वैशाख १५ गते हुने निर्वाचनका लागि इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं दुईमामा ४२२ मतदाता थपिएर जम्मा मतदाता १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं एकको प्रदेश सभा निर्वाचन क्षेत्र नं एकमा ६३८ मतदाता थपिएर ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

1 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

1 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले