Janakpurdham
Sun, Aug 30, 2026
`

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई पुर्पक्ष थुनामा राख्न, ६ जनालाई धरौटीमा छाड्न आदेश

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ७ : जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्ष थुनामा पठाउने आदेश दिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियाे।

शुक्रबारकाे थुनछेक बहसमा ७ जना उपस्थित भएकामध्ये गुरुङलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हाे।

अदालतले दीपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरेको बताइएकाे छ। अदालतमा अनुपस्थित प्रतिवादीका नाममा भने म्याद जारी गरिएको छ।

सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

2 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

2 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

1 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

1 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले