गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य हुन्न : अध्यक्ष नेपाल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,वैशाख ८ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको भन्दै अरुले निर्णय गरेर आफुलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने बताए।
उनले सम्मानजनक ढंगबाट अघि बढ्न चाहने धारणा राखे। राप्रपाको मतबाट चूनाव जितेर ठूला कुरा गर्न कसैले नमिल्ने उनको भनाइ छ।
अध्यक्ष नेपालले सूदुरपश्चिमको संकट टार्नका लागि आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेर सहमतिको अवस्थामा ल्याएको भन्दै प्रचण्डलाई धन्यवाद दिए। उनले लुम्विनी र वागमतीमा पनि विना बिभागीय मन्त्री दिएको भन्दै आपत्ति जनाए।
उनले छोटो अवधिमा तीन पटक गठबन्धन परिवर्तन भएको भन्दै अर्को गठबन्धन केही बन्छ भन्न नसकिने तर्क गरे। वर्तमान गठबन्धनलाई लामो समयसम्म टिकाउन सबैको भूमिका सकारात्मक हुनुपर्ने उनले बताए।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
23 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
23 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले