Janakpurdham
Thu, Apr 23, 2026
`

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ९ : नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो। 

वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो। ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ। 

सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन १.९० र जलविद्युत उपसमूह १.१५ प्रतिशतको बढोत्तरी छ। कारोबारमा आएका कम्पनीमध्ये १ सय ७६ वटाको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। ६३ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। 

दोल्ती पावर, एनआइसी एसिया लघुवित्त, रुरु  जलविद्युत, माथिल्लो हेवाखोला  हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट लगायत कम्पनीको सेयरमूल्य बढेको छ। 

सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १० करोड २१ लाख रुपैयाको सेयर किनबेच भएको छ। यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावर ७ करोड १९ लाख, रुरु जलविद्युत ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।    

सेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, गोर्खाज फाइनान्सलगायत छन्।

साभार : काठमाडौं प्रेस

`
12 comments
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

14 घन्टा पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

15 घन्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

2 दिन पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

3 दिन पहिले