हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम्म वितरण गरिने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । स्थानीय तह स्तरिय योजना अन्तर्गत वैशाख १६ देखि ३० गते सम्म प्रत्येक वडामा हातिपाइले रोग विरुद्धको औषधि उपलब्ध गराईने अभियान रहेको हो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न जनसमुदायलाई आग्रह गरे । उनले पढेलेखे ब्यक्तिहरुले नै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आनाकानी गरेकोले शहरीक्षेत्रमा समस्यारहेको ध्यानाकर्षण गराए ।
कार्यक्रमका फोकल पर्सन सुबोध कुमार यादवले स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले संस्था, विद्यालय तथा घरदैलोमा गई निशुल्क औषधी वितरण गरिने जानकारी दिए । हात्तीपाईले शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपाय रहेको ध्यानाकर्षण गराए । उनले हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । शरीरमा परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु जस्तै हात्तीपाईले र अण्डकोष सुन्निे गरेको बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. लक्ष्मी गोइतले हात्तीपाईले रोग लागिसकेपछि कसरि उपचार तथा सुरक्षा गर्ने विषयमा बताए ।
उनले हत्पतामा दुई दिन सोमबार र बिहिवार हात्तीपाईले रोगको विरामीहरुका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ओपिडि सञ्चालन रहेको जनाए । कार्यक्रममा समाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण , शिक्षा शाखा अधिकृत अंजु पाण्डे , प्रमुख मेहिलाल यादव, औषधि व्यवसायि संघका पप्पु जलान लगायतका उपस्थिति रहेको थियो ।
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
1 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
1 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी