मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई देउवाकाे सुझाव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, वैशाख ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिएका छन्।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले कांग्रेसको विरोध गर्दैमा मदन भण्डारीको हत्यारा पत्ता नलाग्ने भन्दै पटकपटक सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिएका हुन्। मदन भण्डारीको रहस्यमय ढंगले हत्या भएको भन्दै उनले हत्यारा खोज्न कसले रोकेको छ भन्दै उनले प्रश्नसमेत गरे।
त्यस्तै सभापति देउवाले मुलुकको व्यवस्थाको सुदृढ गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने सवैको जिम्मेवारी भएको भन्दै दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्ने बताए। संसदमा प्रतिपक्षीले उठाएका बिषयहरुलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उनले बताए।
देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्नेमा जाेड दिए। उनले लोकतन्त्रको मूल्यमान्यताका साथ प्रतिबद्ध भएका कांग्रेसको गतिविधिहरु अघि बढ्ने जिकिर गरे। उनले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरे।
'नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु', सभापति देउवाले भने, 'नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ।'
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
21 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
21 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले