रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा कप्तान रोहितकुमार पौडेलले सानदार शतक प्रहार गरेपछि नेपालले वेस्टइन्डिज एमाथि ४ विकेटको जित निकाल्यो।
२०५ रनको ठूलो लक्ष्य नेपालले २ बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहितले कप्तानी इनिङ खेले। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११२ रन बनाए।
यस्तै, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदा कुशल भुर्तेल र कशुल मल्लले समान १६ रन बनाए।
बलिङमा वेस्टइन्डिज एका ओबेड मकोए र म्याथ्यु फोर्डले समान २ विकेट लिँदा किमो पलले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा २०४ रन बनायो।
अन्तिम २ ओभरमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि नेपालले वेस्टइन्डिज एलाई २०४ मै रोक्न सफल भयो। अन्तिम २ ओभरमा उसले १३ रन मात्र बनाउन सकेको थियो।
वेस्टइन्डिज एका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। अन्तिम ओभरको चौथो बलमा आउट भएका उनले ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरे।
यस्तै, ओपनर अलिक अथानाजले २५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए भने केसी कार्टीले ३८ र कदिम अलियनले १४ रन बनाए।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, कलमसिंह ऐरी, अविनाश बोहरा र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए।
सिरिजको दोस्रो खेल भोलि टियू मैदानमै हुनेछ।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
11 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
11 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले