
‘सिफारिस लिएर आउनुस्, जुनै पालिकाको भए पनि गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’
11 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, वैशाख १६ । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन्।
मेयर बालेनले आफूहरुसँग गरिब तथा असहायको उपचारका लागि ४३ अस्पतालमा ३२३ बेड रहेकाे बताएका छन्।
‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ,’ आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्।
उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन्। बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
साभार : काठमाडौं प्रेस

धनुषाको भठिहनमा प्रहरीको गोली लागेर एक जना घाइते
धनुषा, चैत ४ : धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ। दुई ..
18 घन्टा पहिले
जनताप्रति जिम्मेवार हुनेगरी संघीयता कार्यान्वयनमा ध्य..
ललितपुर, चैत ४ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउ..
18 घन्टा पहिले
धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप, प्रहरीले चला..
धनुषा, चैत ३ : धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नगरपालिकामा ..
2 दिन पहिले
अनुगमनपछि दुई क्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले..
सप्तरी, चैत ३ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आज राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरे..
2 दिन पहिले
जनकपुरधाममा होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको म..
जनकपुरधाम ,चैत २ गते । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट जनकप..
3 दिन पहिले