लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लुलाई गोली हानी नियन्त्रणमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , वैशाख १७ गते । काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् ।
पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। पेस्तोल र लागू औषधसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका बब्लुले आक्रमण गर्न खोज्दा उनलाई गोली हानी प्रतिकार गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए ।
बब्लुको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ । प्रहरीले पासवानको साथबाट ४९ ग्राम हिरोइन, मेड इन यूएसए लेखिएको पेस्तोल र ८ सय ८० ग्राम गाँजा बरामद भएको जनाएको छ । २०७९ असोज ३ गते गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।
साभार : नेपाल प्रेस
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
38 मिनट पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
40 मिनट पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
1 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
1 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी