Janakpurdham
Sun, Aug 30, 2026
`

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले फिल्म ‘लेबर’ को घोषणा गरेका छन्।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने औपचारिक घोषणा गर्न आयोजित कार्यक्रम बताइयो।

काठमाडौँ सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले यसले लेबर र सरकार बीचको कथा भन्ने बताए।

‘हाम्रो देशबाट लेबरको काममा विदेशिन संख्या बढी छ। उनीहरूको आ-आफ्नै कथा छ। ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौँ’, निर्देशक झाले भने। उनले फिल्मलाई मैथली भाषामा तयार गर्दैछन्। यद्यपि उनले नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गर्नेछन्।

‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन्। यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने।

सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन् ।

उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताएका छन् ।

फिल्मका कलाकार उत्पल झाले यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मलाई विषयप्रधान बनाउन थालेका छौँ । यसमा मिथिलासँगै नेपालभरका दर्शकलाई हे कथा छ’, कलाकार झाले भने ।

कार्यक्रममा पूर्व राजदुत सूर्यनाथ मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र सङघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको छ ।

फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रबिण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’ लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।

साभार : डिसी नेपाल

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

2 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

2 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

1 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

1 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले