माधव नेपाल प्रधानमन्त्री खान नपाएर हर्याकहर्याक : ओली
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख २२ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री खान नपाएर ‘हर्याकहर्याक’ गरिरहेको टिप्पणी गरेको छन्।
ओलीले नेपालको नाम नलिई उनी लक्षित टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीका लागि कराउँदै हिँडेको तर अरुले मन नपराएको कुरा भने थाहा पाउन नसकेको बताए।
प्रधानमन्त्रीका लागि हतारोप्रति आफुलाई अचम्म लागेको पनि ओलीले सुनाए। ओलीले रसुवामा शनिबार आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन्।
एमाले अध्यक्ष ओलीको टिप्पणी थियो, ‘प्रधानमन्त्री हुन हर्याकहर्याक दमको बिरामीले जस्तो गर्दैछन्। प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्। मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर। मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो। अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्यो।’
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
20 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
20 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले