Janakpurdham
Thu, Aug 06, 2026
`

मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : सञ्चारमन्त्री

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताएकी छिन्।

सोमबार गोरखापत्र प्रकाशनको १२४औं वर्ष प्रवेश तथा संस्थानको ६२औं वार्षिकोत्सव समारोहमा उनले संविधानमा मौलिक हकमा राम्रो व्यवस्था रहेपनि कार्यान्वयन हुन नसकेको भन्दै यसबारे पनि सरकारी मिडियाहरुले सचेतनाको पक्षमा भूमिका खेल्नुपर्ने बताइन्।

‘राज्यबाट सम्पन्न भएका नीति, नियम जनताका बीचमा पु¥याउने र जनताका गुनासा र अपेक्षाहरु सरकारसम्म पु¥याउने गरेर सरकारी मिडियाहरुले आफ्नो भविष्य निर्धारण गर्नुपर्छ,’ उनले भनिन्, ‘हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौं। जातिय छुवाछुत्, लैङ्गिक समानतालगायतका थुप्रै विषयहरु हामीले संविधानमा राखेका छौं।’

उनले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताइन्।

‘यसलाई बजारमा स्थापित गर्न नयाँ तरिकाको जनशक्ति, क्रियाकलाप, कार्यक्रमहरु आवश्यक छ। यसमा गम्भीर भएर छलफल गर्न आवश्यक छ,’ उनले भनिन्, ‘गोरखापत्रको संरचनात्मक अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्यन गरि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको व्यवस्थापन र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आएको छ।’

गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु सबैको चुनौतीको विषय भएको पनि मन्त्री शर्माले उल्लेख गरिन्।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

20 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

20 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले