Janakpurdham
Thu, Aug 06, 2026
`

जसपा नेपालका प्रदेश र स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयोगले सनाखतका लागि बोलायो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख २५ गते । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि जानकारी गराएको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखतका लागि उपस्थित हुन भनेको हो ।

नयाँ दल दर्ताको २१ अर्थात् जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथनमा सनाखतका लागि स्वयं उपस्थित हुन भनेको हो ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई हिजो नयाँ दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित पार्टी फुटाएका थिए ।

आयोगका अनुसार जसपाबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । उनीहरूमध्ये सातजना सांसद विभाजनको पक्षमा उभिएका छन् । सनाखत गर्ने सांसदमा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु झा, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव छन् ।
 

प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन् । यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित भएका छन् ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

20 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

20 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले