Janakpurdham
Thu, Aug 06, 2026
`

संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता निधि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २९ गते ।  नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्ता पक्षको हातमा रहेको बताउनु भएको छ । 

पूर्व उपसभापति निधिले नेपाली काँग्रेस धनुषाको प्रशिक्षण शाखाले आज जनकपुरधाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली जनताले दुःख गरेर जम्मा गरेको अरबौँ रकम सहकारीमा ठगी भएको त्यसको संसदीय छानबिनको माग गर्दा संसदीय छानविन समिति नबनाएर संसदीय अभ्यासलाई नै बाधक गर्ने काम भएको आरोप लगाउनु भयो । 

उहाँले जनताबाट निर्वाचित प्रतिनिधिहरुको थलोको रुपमा रहेको प्रतिनिधि सभाबाट काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दा त्यसमा सरकारले साथ दिनुको साटो विवादलाई बढाउने काम मात्र गरेको बताउनु भयो । 

काँग्रेसका नेता निधिले सहकारी ठगी प्रकरणमा अहिलेका गृहमन्त्री सहितका दुई तीन जना अन्य व्यक्तिको विरुद्धमा हजारौँ उजुरीहरू चितवन, पोखरा तथा रुपन्देही जिल्लामा परेको बताउँदै त्यस्तो गम्भीर विषयमा संसदीय छानविन समिति गठन गर्न नचाहनु सरकारकै कमजोरी भएको बताउनु भयो । 

उहाँले काँग्रेस तथा एमाले मिल्नु पर्ने पक्षमा आफू नभएको बताउँदै दुई ठूला दल मिलेर समस्या समाधान हुन्छ भन्ने ज्ञारेन्टी नभएको बताउँदै  समस्याको समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक भएको बताउनु भयो । 

काँग्रेसका नेता निधिले सरकारले संसदीय छानविन समिति नबनाएर अध्यादेश मार्फत बजेट ल्याउने हल्ला सुनिन थालेको बताउँदै यो मुलुकका लागि ठिक नभएको बताउनु भयो । संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्णताका लागि संविधानको संशोधन आवश्यक भएको बताउँदै त्यसका लागि  दलहरूका बीचमा अधिकतम सहकार्य जरुरी रहेको नेता निधिले बताउनु भयो । 

उहाँले कुनै एक दलको बहुमत नआउनुमा समानुपातिक निर्वाचन प्रणाली बाधक नभईकन समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न र प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा  ढिलाइ गर्ने काम हुन नहुने बताउनु भयो ।

नेपाली काँग्रेस प्रशिक्षण शाखाका अध्यक्ष एवं जिल्ला उपसभापति गणेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादव, मिनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पञ्जियार र काँग्रेसका नेता रामसरोज यादवले प्रशिक्षण कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो । 

साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

19 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

19 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले