प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थालेका छन्।३ बुँदे माग राखेर पशुपति क्षेत्रमा अनशन सुरु गरेका हुन् ।
आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आज दिनकाे ४ बजे एक विज्ञप्ति जारी गरेर अनशन सुरु गरेका हुन्। याे उनकाे २२औं सत्याग्रह हाे। ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा हाेस्,' विज्ञप्तिमा भनिएको छ, 'निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।’
सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधोपचारको व्यवस्था गर्नुपर्ने माग पनि उनकाे छ। ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौता कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
19 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
19 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले