Janakpurdham
Thu, Aug 06, 2026
`

कांग्रेसले भन्याे- सरकार अधिनायकवाद उन्मुख भयो, अब सडक आन्दोलन गर्छौं

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछानेले आफैं गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

‘विवादित गृहमन्त्रीले स्वतन्त्र प्रेसमाथि प्रतिसोध साँधेर जुन हर्कत थाल्नुभएको छ, यसको विरुद्ध कांग्रेसले सडकमा प्रदर्शन गर्ने र स्थानीय तहसम्म सरकारको यस्तो कार्यको भण्डाफोर गर्ने भन्ने निष्कर्षमा पुगेका छौं,’ विश्वकर्माले भने।

बैठकले काठमाडौं केन्द्रीत संघर्ष गर्ने र सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन गर्दै जाने निर्णय गरेको उनले बताए। बैठकले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मूख भएको निष्कर्ष पनि निकालेको उनले बताए।

‘संसद्‌मा पहिले देखिनै कांग्रेसले यो माग राखेको छ। तर सरकारले बेवास्ता गरेको छ भने सभामुखले पनि तटस्थ भूमिका निभाएका छैनन्,’ उनले भने, ‘सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ। अहिले संविधान, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, जनताको शान्ति सुरक्षा र सुशासन कायम गर्ने कुरा चुनौतीपूर्ण अवस्थामा छ।’

आगामी शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनको प्रस्ताव गरिएको छ बताउँदै उनले काठमाडौंका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने तयारी भइरहेको पनि बताए।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

18 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

18 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले