लेखेकै आधारमा मिडियालाई नियन्त्रण नगर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाचार लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने भन्दै सुझाएका छन्।
प्रधानमन्त्री दाहालसँग आइतबार विहान भएको भेटमा कांग्रेस सभापति देउवाले यस्तो भनाई राखेका हुन् आइतबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सभापति देउवाको भनाई उद्धृत गर्दै कांग्रेस महामन्त्री गगन थापाले उक्त जानकारी गराएका हुन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पक्राउ परेको प्रसंगमा सभापति देउवाले प्रचण्डसँग उक्त कुरा राखेका हुन्।
प्रेस युनियनको कार्यक्रममा महामन्त्री थापाले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला।’
प्रधानमन्त्री दाहाललाई देउवाले भनेको कुरा जानकारी दिँदै थापाको थप भनाई थियो, ‘म लखेटिएको र गाली खाएको छु । तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो ।’
कार्यक्रममा महामन्त्री थापाले सरकारले निरंकुशताउन्मुख रबैया देखाउन खोजेको बताएका छन् । नयाँ गठबन्धन अनुदारवादी बन्दै गएको भनाई थापाले राखे। अर्को प्रसङगमा थापाले सहकारीमा कांग्रेसले भनेकै जस्तो संसदीय छानबिन समिति बन्ने दाबी पनि गरे।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
17 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
17 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले