Janakpurdham
Sun, Jul 06, 2025
`

मैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथी अन्तरक्रिया

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २६ गते । मैथिली साहित्यका सबभन्दा कान्छा अनुवादक विमर्श झाद्वारा अंग्रेजीमा अनुदित ‘क्राइ नो मोर सीता’ कविता संग्रहमाथी अन्तरक्रिया गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच मूल मैथिलीमा रहेको कवियीत्री विभा झको कविता संग्रह ‘नहि सीता नहि’को अंग्रेजी अनुवाद ‘क्राइ नो मोर सीता’को लोकार्पण तथा अन्तरक्रिया गरिएको हो ।

उक्त कृतिका कविताहरु सीतामाथी आधारित रहेको छ । कार्यक्रममा १७ वर्षिय अनुवादक विमर्श झासँग युवाकवि विकास वत्सनाभले संवादसमेत गरेका थिए । सानो उमेरमा किन अनुवादजस्तो गम्भीर विषयको चयन गरेको एक प्रश्नमा अनुवादक झाले भने, ‘मैथिली मेरो मातृभाषा हो तर यो भाषाको समृद्ध साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अंग्रेजी अनुवाद आवश्यक रहेको छ । त्यही भएर मैले अनुवाद गर्ने विचार गरेको हुँ ।’

 अनुवादक झाले कृति अनुवाद गर्दा आफूलाई मैथिली शब्दभण्डारको विराटता र महिलाहरुको मनभित्रको भावहरुलाई बुझ्ने अवसर प्राप्त भएको बताए ।
 कविता संग्रह ‘क्राइ नो मोर सीता’को प्रकाशन विमर्श फउण्डेसनले गरेको हो । फाउण्डेशनकी अध्यक्ष विभा झाले मैथिली साहित्यमा युवहरुको आग्मनले उत्साह थपिएको बताए । अध्यक्ष झा कृतिकी मुल लेखक पनि हो ।

कार्यक्रमको प्रमुख अतिथि भाषावैज्ञानीक डा. रामावतार यादवले किशोर अनुवादक विमर्श झाको अनुवाद कलाको प्रशंसा गर्दै भने, ‘मैथिली साहित्यलाई विमर्शजस्तो जोशिला युवा सर्जक तथा अनुवादको खाँचो छ ।’ उहाँले क्राइ नो मोर सीता एक सफल अनुवाद कृति भएको बताउँदै अनुवाद साहित्यमा झाको निरन्तरताको कामना गरे ।

कार्यक्रमको अध्यक्षता गरिरहेका शम्भु झाले कान्छा अनुवादक विमर्शमा साहित्यचेत र निकै संभावना भएको बताए। उनले आगामी दिनमा पनि अन्य राम्रा मैथिली कृतिको अनुवाद आउनेमा आफू आशाबादी रहेको बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..

13 घन्टा पहिले

राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..

जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..

14 घन्टा पहिले

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए

काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्।  स..

1 दिन पहिले

जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी

सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..

1 दिन पहिले

राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..

काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..

2 दिन पहिले