Janakpurdham
Fri, Mar 20, 2026
`

मैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथी अन्तरक्रिया

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २६ गते । मैथिली साहित्यका सबभन्दा कान्छा अनुवादक विमर्श झाद्वारा अंग्रेजीमा अनुदित ‘क्राइ नो मोर सीता’ कविता संग्रहमाथी अन्तरक्रिया गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच मूल मैथिलीमा रहेको कवियीत्री विभा झको कविता संग्रह ‘नहि सीता नहि’को अंग्रेजी अनुवाद ‘क्राइ नो मोर सीता’को लोकार्पण तथा अन्तरक्रिया गरिएको हो ।

उक्त कृतिका कविताहरु सीतामाथी आधारित रहेको छ । कार्यक्रममा १७ वर्षिय अनुवादक विमर्श झासँग युवाकवि विकास वत्सनाभले संवादसमेत गरेका थिए । सानो उमेरमा किन अनुवादजस्तो गम्भीर विषयको चयन गरेको एक प्रश्नमा अनुवादक झाले भने, ‘मैथिली मेरो मातृभाषा हो तर यो भाषाको समृद्ध साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अंग्रेजी अनुवाद आवश्यक रहेको छ । त्यही भएर मैले अनुवाद गर्ने विचार गरेको हुँ ।’

 अनुवादक झाले कृति अनुवाद गर्दा आफूलाई मैथिली शब्दभण्डारको विराटता र महिलाहरुको मनभित्रको भावहरुलाई बुझ्ने अवसर प्राप्त भएको बताए ।
 कविता संग्रह ‘क्राइ नो मोर सीता’को प्रकाशन विमर्श फउण्डेसनले गरेको हो । फाउण्डेशनकी अध्यक्ष विभा झाले मैथिली साहित्यमा युवहरुको आग्मनले उत्साह थपिएको बताए । अध्यक्ष झा कृतिकी मुल लेखक पनि हो ।

कार्यक्रमको प्रमुख अतिथि भाषावैज्ञानीक डा. रामावतार यादवले किशोर अनुवादक विमर्श झाको अनुवाद कलाको प्रशंसा गर्दै भने, ‘मैथिली साहित्यलाई विमर्शजस्तो जोशिला युवा सर्जक तथा अनुवादको खाँचो छ ।’ उहाँले क्राइ नो मोर सीता एक सफल अनुवाद कृति भएको बताउँदै अनुवाद साहित्यमा झाको निरन्तरताको कामना गरे ।

कार्यक्रमको अध्यक्षता गरिरहेका शम्भु झाले कान्छा अनुवादक विमर्शमा साहित्यचेत र निकै संभावना भएको बताए। उनले आगामी दिनमा पनि अन्य राम्रा मैथिली कृतिको अनुवाद आउनेमा आफू आशाबादी रहेको बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

10 घन्टा पहिले

गगन थापाको राजिनामा पत्रमा के छ ?

काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..

10 घन्टा पहिले

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..

खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..

1 दिन पहिले

धनुषा आर्थिक गणनाबारे तयारी बैठक सम्पन्न

जनकपुरधाम, चैत्र ४ गते । देशको यथार्थ आर्थिक अवस्थाबारे एकिन गर्नका लागि नेपाल सरकारले तथ्याङ्क कार्यालय मार्फत ..

1 दिन पहिले

‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’

जनकपुरधाम,चैत्र ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वि..

2 दिन पहिले