एघार देशका राजदूत फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गर्यो : उपेन्द्र यादव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गरेको टिप्पणी गरेका छन् ।
पार्टीको महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरे ।
उनले सरकारले देशको अन्तर्राष्ट्रिय छविसमेत बिगार्ने काम गरेको बताए ।
अध्यक्ष यादवले भने, ‘कतिपय मुलुकमा लाजमर्दो अवस्था छ । जस्तो भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत हर्कत हो ।’
राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने काम भएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’
दलीय भागबन्डामा राजदूत नियुक्त गर्न नै पहिलेका फिर्ता बोलाएको अध्यक्ष यादवको भनाइ छ ।
साभार : नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
16 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
16 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले