टुक्रे बजेट माग्ने अनि संस्थागत सुधार खोज्ने : सांसद झा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले ‘संस्थागत पुनर्संरचना कहिले गर्ने?’ भन्दै प्रश्न गरेका छन्। उनले पुरानै फाइल खोलेर ‘इडिट’ गरेर कहिलेसम्म बजेट ल्याउने भन्दै उनले यसरी संस्थागत सुधार नहुने टिप्पणी गरे।
मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले यो निर्माणमा कठोर भएर सोच्नुपर्ने बेला आएको बताए।
‘टुक्रे बजेट माग्ने अनि देशमा संस्थागत सुधार खोज्ने?,’ उनले भने । उनले बजेट निर्माण अभ्यास नै पुनरवलोकन गर्दै परिणामुखी बनाउन आवश्यक भएको औँल्याए।
श्रम मन्त्रालय भन्नासाथ वैदेशिक रोजगारी मात्र सोचिएको उनले बताए।
‘वैदेशिक रोजगारीमा सीपयुक्त मानिस कत्तिको पठाइँदै छ?,’ भन्दै उनले प्रश्न गरे, ‘श्रम हाम्रा लागि अभिशाप हो भन्ने सोँच्छौं। तर, श्रम अवसर हो भनेर विश्व बनाउन हामीले योगदान गरेका छौँ भनेर हामीले गर्व गर्ने कि?,’ उनले भने।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
15 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
15 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले