Janakpurdham
Thu, Aug 06, 2026
`

स्विटजरल्याण्डमा राष्ट्रपति पौडेललाई राजदूतावासको सम्मान

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १ : राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराए।

उक्त अवसरमा राष्ट्रपति पौडेललाई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी एवं स्विटजरल्याण्डस्थित नेपालीहरूले स्वागत गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विट्जरल्यान्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार  मूख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

15 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

15 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले