
राष्ट्रिय क्रिकेट खेलाडीले पाए जनही १३ लाख
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं , असार २ गते । युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख प्रदान गरेको छ । टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।
मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको हो । यस्तै टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो ।
नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
उक्त कार्यक्रममै १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टीम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
एरिकालाई १९ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजारसहित सम्मान गरिएको हो ।
मन्त्रालयले १९औं एसियाली खेलकुदमा महिलातर्फ कबड्डीमा काँस्य पदक ल्याउने १२ जना खेलाडीलाई जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षकलाई २ लाख ६० हजार, सहायक प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही १ लाख ३० हजार प्रदान गरेको हो ।
चौथो एसियाली पारा खेलकुदमा काँस्य पदक ल्याउने पलेशालाई १३ लाख, उनका प्रशिक्षकलाई २ लाख ६० हजार र टीम व्यवस्थापकलाई १ लाख ३० हजार रुपैयाँसहित मन्त्रालयले सम्मान गरेको छ ।
साभार : नेपाल प्रेस

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
1 दिन पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
1 दिन पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
2 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
2 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
3 दिन पहिले