
युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनसँग राष्ट्रपतिको आग्रह
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,जेठ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन् । जर्मन भ्रमणका क्रममा उनले जर्मनी समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।
बुधवार बिहान स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मन भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन् ।
उनले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षिय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन् ।
उनले भनिन्, ‘नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल गर्नुभयो । दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गर्नुभयो । नेपाल र स्विट्जरल्याण्डबीच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध बिस्तार लगायतका दुई पक्षिय सम्बन्धका सबै पक्षहरुमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु बिरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्युले स्विट्जरल्याण्डका महामहिम राष्ट्रपतिज्युलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभयो । असार १ गते सम्माननीय राष्ट्रपतिज्युले जर्मनीको बलिन भ्रमण गर्नुभयो । असार ३ गते सम्माननीय राष्ट्रपतिज्युले जर्मनीका राष्ट्रपति महामहिम डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षिय भेटवार्ता गर्नुभयो । कृषि, पर्यटन र जलश्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यि क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नुभयो । दुवै देशका प्रमुखले जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट नेपालको स्तरोन्नति, कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा साझा चासोका क्षेत्रहरुमा संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षिय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्नुभयो । जर्मनीका महामहिम राष्ट्रपतिज्युलाई नेपाल भ्रमणको औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । जर्मनीसँग भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको छ । दुई पक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउन थप मद्दत पुगेको छ ।’
साभार : नेपाल प्रेस

खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..
ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..
1 दिन पहिले
निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गर..
काठमाडौं, असार २६ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन..
1 दिन पहिले
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्ले..
जनकपुरधाम ,असार २५ गते । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख र..
3 दिन पहिले
ससुराको हत्या गरेर फरार ज्वाइँ ७ दिनपछि पक्राउ
जनकपुरधाम ,असार २५ गते । छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्..
3 दिन पहिले
न्यायाधीश नियुक्तिमा परिषदलाई बारको ध्यानाकर्षण– अब आइ..
काठमाडौं, असार २४ : नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा सम्मानजनक प्रतिनिधित्वको माग गरेको छ। सर्वोच्च ..
3 दिन पहिले