Janakpurdham
Sat, Jun 27, 2026
`

किसानमा बढ्दै जैविक मल प्रयोगको आकर्षण 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

राहुल सिंह,

जनकपुरधाम, असार १२ गते । बायोटेकले उत्पादन गरेको साथी जैविक मलको प्रयोगकर्ता किसान भन्छन् – सामाजिक सञ्जालमा जैविक मलको फाइदाहरुबारे पढेपछी यसको प्रयोग गरेँ । 

जनकपुरः धनुषाका कृषकहरुमा जैविक मलको प्रयोग बढाउँदै लैजान सकिने सम्भावना रहेको सरोकारवालाहरु बताउँछन् ।  

धनुषामा कृषकहरुमा जैविक मल प्रयोगको आकर्षण बढ्दै गएको छ । जैविक मलको प्रयोग गर्ने किसानको चाहनालाई तिनै तहका सरकारहरूले नीतिगत तहबाट नै सहजीकरण गरिदिने हो भने त्यसले कृषि उत्पादन गर्ने तरिका नै बदल्न सक्छ, जनकपुरमा कृषि विउविजन र औषधीको व्यवसाय गर्दै आउनुभएका कृषक ट्रेड सेन्टरका हरिकृष्ण महर्जनले बताए । 

रसायनिक मल समयमै उपलब्ध नहुने, यसले माटोको स्वास्थ्य विगार्दै लैजाने र रसायनिक विषादीको प्रयोगपश्चात अपनाउनुपर्ने विधी नअपनाउँदा मानव स्वास्थ्यमै गम्भीर असर पर्ने लगायतका समस्या हुन्छन्, उनले भने । “यसको विकल्प जैविक मलको प्रयोगलाई बढावा दिनु हो । तर विकल्प हो भनेर मात्र पुग्दैन ।”

उनले कृषकहरुमा सचेतना बढाउनुका साथसाथै सहज आपुर्ति र प्रतिस्पर्धी मुल्य नहुँदासम्म जैविक मललाई विकल्पभन्दा पनि सानो समुहले पारिवारिक रुपमा मात्र उपयोग गर्ने सम्भावना रहने बताए । 

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहता पनि नीतिगत सहजता र सहज उपलब्धताले मात्रै जैविक मल प्रयोगको चाहनालाई व्यवहारमा उतार्न सहज हुने विश्वास व्यक्त गर्दछन् । 

जैविक मलको प्रयोग बढाउने सन्दर्भमा सरकारको दुईवटा मुख्य चासो रहन्छ, उनले भने । पहिलो कृषकले कसरी कम मुल्यमा मल प्राप्त गर्नसक्छन् त्यसको सुनिश्चितता र दोस्रो प्राप्त गर्ने मलको गुणस्तर कस्तो छ भन्ने यकिन गर्ने दायित्व । 

सरकार निजी क्षेत्रसँग मिलेर नै कृषकलाई लाभ दिन चाहेको उल्लेख गर्दै मेहताले नेशनल बायोटेक जस्तो उच्च प्रविधी र गुणस्तरीय जैविक मल उत्पादन गर्ने संस्थाहरुले पनि यस क्षेत्रमा ध्यान दिनुपर्ने बताउनु भयो । 

सन् २०१४ सालमा स्थापना भएको नेशनल बायोटेकले अत्याधुनिक प्रविधीको प्रयोग गरेर साथी ब्राण्डको जैविक मल उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनको लागि यो संस्थाले अन्तराष्ट्रिय प्रमाणपत्र समेत प्राप्त गरेको यस संस्थाका म्यानेजिङ्ग डाइरेक्टर नुरविन्द्र विक्रम सिजापतिले बताए ।

 

`
12 comments
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ ,असार १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्..

1 दिन पहिले

मुस्लिम धर्मावलम्बीहरूले वीरगंजमा मोहरम पर्व धुमधामका ..

वीरगंज ,असार १२ गते। मुस्लिम धर्मावलम्बीहरूले आज वीरगंजमा मोहरम पर्व धुमधामका साथ मनाएका छन् ।  हसन र हुसेनको..

1 दिन पहिले

वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँ..

वीरगञ्ज ,असार १२ गते। नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग..

1 दिन पहिले

विरोध र आलोचना लोकतन्त्रका सुन्दर पक्ष : मुख्यमन्त्री का..

विराटनगर ,असार १२ गते। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रका सुन्दर प..

1 दिन पहिले

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ ,असार १२ गते।  धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेप..

1 दिन पहिले