
किसानमा बढ्दै जैविक मल प्रयोगको आकर्षण
8 महीना पहिले प्रकाशित
Esandhyakalin

राहुल सिंह,
जनकपुरधाम, असार १२ गते । बायोटेकले उत्पादन गरेको साथी जैविक मलको प्रयोगकर्ता किसान भन्छन् – सामाजिक सञ्जालमा जैविक मलको फाइदाहरुबारे पढेपछी यसको प्रयोग गरेँ ।
जनकपुरः धनुषाका कृषकहरुमा जैविक मलको प्रयोग बढाउँदै लैजान सकिने सम्भावना रहेको सरोकारवालाहरु बताउँछन् ।
धनुषामा कृषकहरुमा जैविक मल प्रयोगको आकर्षण बढ्दै गएको छ । जैविक मलको प्रयोग गर्ने किसानको चाहनालाई तिनै तहका सरकारहरूले नीतिगत तहबाट नै सहजीकरण गरिदिने हो भने त्यसले कृषि उत्पादन गर्ने तरिका नै बदल्न सक्छ, जनकपुरमा कृषि विउविजन र औषधीको व्यवसाय गर्दै आउनुभएका कृषक ट्रेड सेन्टरका हरिकृष्ण महर्जनले बताए ।
रसायनिक मल समयमै उपलब्ध नहुने, यसले माटोको स्वास्थ्य विगार्दै लैजाने र रसायनिक विषादीको प्रयोगपश्चात अपनाउनुपर्ने विधी नअपनाउँदा मानव स्वास्थ्यमै गम्भीर असर पर्ने लगायतका समस्या हुन्छन्, उनले भने । “यसको विकल्प जैविक मलको प्रयोगलाई बढावा दिनु हो । तर विकल्प हो भनेर मात्र पुग्दैन ।”
उनले कृषकहरुमा सचेतना बढाउनुका साथसाथै सहज आपुर्ति र प्रतिस्पर्धी मुल्य नहुँदासम्म जैविक मललाई विकल्पभन्दा पनि सानो समुहले पारिवारिक रुपमा मात्र उपयोग गर्ने सम्भावना रहने बताए ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहता पनि नीतिगत सहजता र सहज उपलब्धताले मात्रै जैविक मल प्रयोगको चाहनालाई व्यवहारमा उतार्न सहज हुने विश्वास व्यक्त गर्दछन् ।
जैविक मलको प्रयोग बढाउने सन्दर्भमा सरकारको दुईवटा मुख्य चासो रहन्छ, उनले भने । पहिलो कृषकले कसरी कम मुल्यमा मल प्राप्त गर्नसक्छन् त्यसको सुनिश्चितता र दोस्रो प्राप्त गर्ने मलको गुणस्तर कस्तो छ भन्ने यकिन गर्ने दायित्व ।
सरकार निजी क्षेत्रसँग मिलेर नै कृषकलाई लाभ दिन चाहेको उल्लेख गर्दै मेहताले नेशनल बायोटेक जस्तो उच्च प्रविधी र गुणस्तरीय जैविक मल उत्पादन गर्ने संस्थाहरुले पनि यस क्षेत्रमा ध्यान दिनुपर्ने बताउनु भयो ।
सन् २०१४ सालमा स्थापना भएको नेशनल बायोटेकले अत्याधुनिक प्रविधीको प्रयोग गरेर साथी ब्राण्डको जैविक मल उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनको लागि यो संस्थाले अन्तराष्ट्रिय प्रमाणपत्र समेत प्राप्त गरेको यस संस्थाका म्यानेजिङ्ग डाइरेक्टर नुरविन्द्र विक्रम सिजापतिले बताए ।

जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानम..
काठमाडौं, फागुन १ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्ध..
1 दिन पहिले
मधेश प्रदेशमा नसर्ने रोगको परीक्षण गर्ने अभियान शुरु
जनकपुरधाम, फागुन १ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचान स..
1 दिन पहिले
मधेश प्रदेशका सभामुख विश्वविद्यालयका विद्यार्थीहरूला..
जनकपुरधाम, माघ ३० गते ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका ..
2 दिन पहिले
मधेश प्रदेशका किसानलाई सूचीकरणमा सहभागी हुन आग्रह, अनुद..
जनकपुरधाम, माघ ३० गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले किसानहर..
2 दिन पहिले
धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न
जनकपुरधाम, माघ २९ गते । धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर म..
3 दिन पहिले