लगानी सहजीकरणबारे कांग्रेस संसदीय दलमा विज्ञ र सरोकारवालाबीच छलफल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १२ : नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकबारे आज दिउँसो विज्ञ र सरोकारवालाविच छलफल गरी सुझाव लिने भएको छ।
कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजेका लागि छलफलको समय तय भएको छ। लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गरी सुझाव लिइने कांग्रेसले जनाएको छ।
कांग्रेसले संसदीय दलले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफ्ना सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन भनेको छ।
छलफलका लागि कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले सहजीकरण गर्ने भएका छन् । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कानुनविद् ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नना धारणा राख्ने कार्यक्रम तय भएको छ।
साभार : काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
14 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
14 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले