Janakpurdham
Thu, Aug 06, 2026
`

‘संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र दिगो शान्ति महत्वपूर्ण एजेन्डा हो’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति महत्वपूर्ण एजेन्डा रहेको बताएका छन्।

नेकपा एसको महाधिवेशको उद्घाट सत्रलाई सम्बोधन गर्दै सपभाति देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको उल्लेख गरे।

एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि छोटो समयमा पनि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि देउवाले बताए।

‘यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ, भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने।

सभापति देउवाले अहिलेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति महत्वपूर्ण एजेन्डा रहेको बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो पार्ने दिशामा एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ कार्य गरेको पनि उनले बताए।

‘यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने।

मुलुकमा शान्ति स्थापना गर्न या संविधान निर्माणमा माधव नेपालको महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपाली राजीतिनमा उनको महत्वपूर्ण योगदान रहेको देउवाले बताए।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

14 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

14 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले