Janakpurdham
Thu, Aug 06, 2026
`

विश्वासको मत लिने संवैधानिक अधिकार हो, चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् : सांसद झा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, आसर २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदीय प्रणालीमा विश्वासको मत लिने संवैधानिक अधिकार भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै विश्वासको मत लिने संवैधानिक अधिकार भएको भन्दै उनले दलहरुलाई चार दिन पर्खिन अनुरोध गरे।

सांसद झाले संसदीय प्रणाली र संविधान बनाउने दलहरू नै संविधान र प्रणालीमाथि किन अविश्वास जताएर चार दिन धैर्य गर्न नसकेको भन्ने प्रश्न पनि उठाए।

‘किन यो प्रणाली र संविधानले काम नगर्ला, चार दिन अर्को पल्टुराम जन्मेला भन्ने डर? तपाईंहरूसँग संख्या छ बहुमत हुने सम्भावना छ भने चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् । किन डराउनुहुन्छ,’ उनले प्रश्न गरे।

यस्तै, उनले एमाले र कांग्रेसबीचको समीकरणमाथि पनि गम्भीर गरे। उनले वर्तमान संविधान र राज्यसञ्चालन प्रणाली २०५९ मा पूर्वराजा ज्ञानेन्द्र शाह र २०६९ मा खिलराज रेग्मीलाई बुझाएजस्तै पुनः त्यस्तै हुने हो कि भन्ने आशंका व्यक्त गरे।

संविधानमा लेखिएको कुरा अभ्यास गरिरहेको भन्दै मध्यरातमा कुनै व्यापारीको घरमा गएर सहमति गर्ने दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन जरुरी नरहेको बताए।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

12 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

12 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले