सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारवाही हुनुपर्छ : डा.संग्रौला
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धनकुटा, कात्तिक ३ : नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औंल्याएकी छिन्।
शनिबार धनकुटामा नेपाली कांग्रेसको एकसय दिने विशेष अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा.संग्रौलाले कांग्रेसका सबै तह र तप्काका कार्यकर्ता एवम शुभेच्छुकहरु आफ्ना समस्या समाधानमा दृढतापूर्वक लाग्नुपर्ने बताएकी हुन्।
‘आफूमात्रै लोकप्रिय हुने लालसाले काँग्रेस समस्यामा परिरहेको छ। टिकट पाएर चुनाव हारे अर्काको कारणले र जिते आफू एक्लैले जितेको घमण्ड गर्ने प्रबृति छ । यस्ता समस्याहरुको बेलैमा समाधान निकाल्नुपर्छ,’ उनले भनिन्, ‘तर अर्को इमान्दार तप्का पनि काँग्रेसभित्रै छ, उसलाई पद र प्रतिष्ठा बाहेक बलियो संगठन मात्रै चाहिएको छ। एकलौटी सरकार चाहिएको छ, अब त्यो काँग्रेसलाई हुर्कने र सप्रने मौका दिनुपर्छ।’
फरक प्रसंगमा केन्द्रीय सदस्य एवम पेशागत एवम वुद्धिजिवी विभाग प्रमुख समेत रहेकी डा.संग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने मात्र नभइ सहकारीको पैसा अपचलन गरेको प्रमाणित भए आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताइन्।
‘घटनाबारे सत्यतथ्य छानविन गरेर, आफ्नै पार्टीका, नाताका वा भाइ भतिजा भएपनि कारबाहीको भागिदार हुनुपर्छ। कानुनी कठघरामा ल्याइनुपर्छ,’ उनले भनिन्। उनी संगठन सुध्रिढीकरणको सय दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि बनेर धनकुटा पुगेकी हुन्।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले शुभारम्भ भएको अभियानले कांग्रेसमा नयाँ जागरण र आत्मविश्वास पैदा गर्ने बताए । उनले सुदृढ र एकताबद्ध कांग्रेसले मात्रै नागरिकका समस्या समाधानमा प्रभावकारी काम गर्नसक्ने बताए।
साभार : काठमाण्डु प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
12 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
12 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले