Janakpurdham
Thu, Aug 06, 2026
`

श्रीलंकामाथिको सानदार जितसँगै नेपाल बन्यो समूह विजेता, सेमिमा भारतसँगको भेट पक्का

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ८ : नेपाल समूह विजेताका रुपमा घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

बिहीबार साँझ दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै नेपाल समूह 'बी' को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

नेपाललाई सानदार जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् भने सावित्रा भण्डारी, सविता रानामगर, अमिसा कार्की र रश्मीकुमारी घिसिङले समान १ गोल गरे। नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो।

आठौं मिनेटमा सबिताको गोलमा नेपालले सुरुआती अग्रता लियो।

जारी प्रतियोगितामा पहिलो खेल खेलिरहेकी सावित्राले ११औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन्। उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्। यो नेपालका लागि सावित्राको ५४औं गोल हो।

१३औं मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–०को अवस्थामा ल्याइन्। ३६औं मिनेटमा रेखाले नै गोल गरेपछि पहिलो हाफमा नेपालले ४–० को अग्रता लियो। यो गोलसँगै रेखाले आफूलाई गोल्डेन बुटको दाबेदारीमा अगाडि राखेकी छिन्। उनले भुटानकी देकी लाजोमसँगै समान ७ गोल गरेकी छिन्।

दोस्रो हाफको सुरुआतमै अमिसाले गोल गर्दै नेपाललाई ५–०को अग्रता दिलाइन्। त्यसपछि समूहको विजेता बन्न नेपाललाई थप १ गोल चाहिएको थियो। त्यो १ गोलका लागि नेपालले इन्जुरी समयसम्म पर्खनु परेको थियो। इन्जूरी समयको चौथो मिनेटमा रश्मीले गोल गरेपछि नेपालले ६–० को जित निकाल्दै समूह विजेता बन्यो।

योसँगै नेपालले सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ। समूह बीमा अपराजित रहेको नेपाल २ जित र १ बराबरीसहित ७ अंक जोड्दै समूह विजेता बनेको हो। भारत समूह एको उपविजेता हो।

समूह बीमा नेपालसँगै समान ७ अंक जोडेको भुटान गोल अन्तरमा पछि पर्दै उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ। उसले सेमिफाइनलमा समूह एको विजेता तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्ने छ।

समूह चरणमा नेपालले ३ खेलमा १७ गोल गर्दा कुनै पनि गोल खाएन भने भुटानले पनि १७ गोल नै गर्दा १ गोल खाएको थियो।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

10 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

10 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले