विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन सक्दैन : मन्त्री यादव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
वीरगन्ज ,कार्तिक १० गते । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकका समस्या सरकार समक्ष र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आजदेखि वीरगञ्जबाट नियमित प्रसारण शुरु गरेको रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उद्घाटन गर्दै मन्त्री यादवले विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन नसक्ने बताउनुभयो ।
उहाँले रेडियोहरूले तल्लो वर्गका आवाजहरूलाई उठाएर सरकार समक्ष पुर्याउने गरेको हुँदा रेडियोको संरक्षण र संवर्द्धनका लागि राज्यको समेत भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
मन्त्री यादवले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने भन्दै हरेक आन्दोलन सञ्चार माध्यमकै सहयोगले सफल भएको र सञ्चार माध्यममाथि सरकारले अङ्कुश लगाउने काम कहिल्यै नगर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सञ्चार माध्यमहरूले आग्रह पूर्वाग्रहबाट प्रेरित नभइ जनताको विश्वास जितेर समाजको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
साभार : रेडियो नेपाल
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
11 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
11 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले