
विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन सक्दैन : मन्त्री यादव
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

वीरगन्ज ,कार्तिक १० गते । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकका समस्या सरकार समक्ष र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आजदेखि वीरगञ्जबाट नियमित प्रसारण शुरु गरेको रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उद्घाटन गर्दै मन्त्री यादवले विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन नसक्ने बताउनुभयो ।
उहाँले रेडियोहरूले तल्लो वर्गका आवाजहरूलाई उठाएर सरकार समक्ष पुर्याउने गरेको हुँदा रेडियोको संरक्षण र संवर्द्धनका लागि राज्यको समेत भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
मन्त्री यादवले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने भन्दै हरेक आन्दोलन सञ्चार माध्यमकै सहयोगले सफल भएको र सञ्चार माध्यममाथि सरकारले अङ्कुश लगाउने काम कहिल्यै नगर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सञ्चार माध्यमहरूले आग्रह पूर्वाग्रहबाट प्रेरित नभइ जनताको विश्वास जितेर समाजको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
साभार : रेडियो नेपाल

जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
10 घन्टा पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
10 घन्टा पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
24 घन्टा पहिले
कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..
काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..
24 घन्टा पहिले
प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..
2 दिन पहिले