Janakpurdham
Sun, Aug 30, 2026
`

सङ्घीयता विरोधी कुनै गतिविधि स्वीकार्य हुन्न : नेता निधि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , कार्तिक ११ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति तथा नेता विमलेन्द्र निधिले सङ्घीयताको विपक्षमा हुने कुनै पनि निर्णय एवं गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियनको धनुषा प्रथम जिल्ला परिषद्को आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले मधेश प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखानालाई निजीकरणको नाउँमा त्यसको जग्गा बिक्री गर्न नपाइने बताउनुभयो ।

नेता निधिले सङ्घीयतालाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारीको समायोजन शीघ्र रुपमा गर्नुपर्ने बताउँदै यससम्बन्धी प्रदेश सरकारले बनाएका कानूनलाई मान्यता दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ता कुमारी यादवले नेपाली काँग्रेस बलियो नभएसम्म मुलुकमा स्थिरता विकास एवं समृद्धिले गति नलिने बताउनुभयो ।

नेपाल ट्रेड युनियनको धनुषाका जिल्ला अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सभाका सदस्य रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, नेपाल शिक्षक संघ धनुषाका जिल्ला अध्यक्ष रामस्नेही यादव सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

साभार : रेडियो नेपाल 

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

15 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

15 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले