
सङ्घीयता विरोधी कुनै गतिविधि स्वीकार्य हुन्न : नेता निधि
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम , कार्तिक ११ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति तथा नेता विमलेन्द्र निधिले सङ्घीयताको विपक्षमा हुने कुनै पनि निर्णय एवं गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियनको धनुषा प्रथम जिल्ला परिषद्को आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले मधेश प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखानालाई निजीकरणको नाउँमा त्यसको जग्गा बिक्री गर्न नपाइने बताउनुभयो ।
नेता निधिले सङ्घीयतालाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारीको समायोजन शीघ्र रुपमा गर्नुपर्ने बताउँदै यससम्बन्धी प्रदेश सरकारले बनाएका कानूनलाई मान्यता दिन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ता कुमारी यादवले नेपाली काँग्रेस बलियो नभएसम्म मुलुकमा स्थिरता विकास एवं समृद्धिले गति नलिने बताउनुभयो ।
नेपाल ट्रेड युनियनको धनुषाका जिल्ला अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सभाका सदस्य रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, नेपाल शिक्षक संघ धनुषाका जिल्ला अध्यक्ष रामस्नेही यादव सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
साभार : रेडियो नेपाल

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
13 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
13 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले