‘शिक्षा र स्वास्थ्यको सुधार विना मुलुकको समृद्धि कठिन’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,कार्तिक १२ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिक्षा र स्वास्थ्यको सुधार विना देश तथा मधेशको समृद्धि कठिन हुने बताउनुभएको छ ।
जनकपुरधाममा रहेको राजर्षिजनक विश्व विद्यालयको सातौं वार्षिकोत्सव समारोहमा उहाँले मधेशको शिक्षा र स्वास्थ्य अहिले निक्कै कमजोर बनेको भन्दै यसको सुधारका लागि विश्व विद्यालयले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विश्वविद्यालयले गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य, प्राकृतिक स्रोत र कृषि उत्पादनमा सुधार गर्न विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले विश्वविद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन मार्फत् अर्थ जुटाउने सम्मको काम गरेको स्मरण गराउँदै ०७४ सालमा संघीय सरकारले राजर्षि जनक विश्वविद्यालय स्थापना गरेपछि निक्कै खुशी भएको बताउनुभयो ।
सो अवसरमा विश्वविद्यालय स्थापनामा अहम भूमिका खेल्नु भएका नेता द्वय लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता विमलेन्द्र निधि, तत्कालीन धनुषाका जिल्ला विकास समितिका सभापति तथा नेपाली कांग्रेस प्रदेश सभाका सदस्य राम सरोज यादवलाई विश्वविद्यालयले सम्मान गरेको थियो ।
साभार : रेडियो नेपाल
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
20 घन्टा पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
20 घन्टा पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
2 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
2 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
2 दिन पहिले