Janakpurdham
Thu, Aug 06, 2026
`

‘शिक्षा र स्वास्थ्यको सुधार विना मुलुकको समृद्धि कठिन’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कार्तिक १२ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिक्षा र स्वास्थ्यको सुधार विना देश तथा मधेशको समृद्धि कठिन हुने बताउनुभएको छ ।

जनकपुरधाममा रहेको राजर्षिजनक विश्व विद्यालयको सातौं वार्षिकोत्सव समारोहमा उहाँले मधेशको शिक्षा र स्वास्थ्य अहिले निक्कै कमजोर बनेको भन्दै यसको सुधारका लागि विश्व विद्यालयले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विश्वविद्यालयले गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य, प्राकृतिक स्रोत र कृषि उत्पादनमा सुधार गर्न विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले विश्वविद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन मार्फत् अर्थ जुटाउने सम्मको काम गरेको स्मरण गराउँदै ०७४ सालमा संघीय सरकारले राजर्षि जनक विश्वविद्यालय स्थापना गरेपछि निक्कै खुशी भएको बताउनुभयो ।

सो अवसरमा विश्वविद्यालय स्थापनामा अहम भूमिका खेल्नु भएका नेता द्वय लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता विमलेन्द्र निधि, तत्कालीन धनुषाका जिल्ला विकास समितिका सभापति तथा नेपाली कांग्रेस प्रदेश सभाका सदस्य राम सरोज यादवलाई विश्वविद्यालयले सम्मान गरेको थियो ।

साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

11 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

11 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले