Janakpurdham
Thu, Aug 06, 2026
`

क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क, औषधी खर्च पनि नलाग्ने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर ५ । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ ।

बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ गरिएको हो ।

उद्घाटनपछि मन्त्री पौडेलले १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निःशुल्क नभई औषधी समेत निःशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

अहिलेसम्म औषधि समेत निशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताए ।

उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पतालभन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निशुल्क र औषधीमा पनि निशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर बिरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

13 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

13 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले