प्रचण्डजीहरूले काम न काज हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो: गगन थापा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, , मंसिर १४ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्ड नेतृत्वको माओवादीले काम न काज हतियार उठाएको बताएका छन्।
बिहीबार कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले माओवादीले काम न काज हतियार उठाउँदा मुलुकको दस वर्ष त्यसै खेर गएको बताएका हुन्।
' हामी उल्टो बाटो हिँड्यौं। हाम्रो ध्यान युवाहरूलाई रोजगारी कसरी दिने भन्नेमा लाग्नुपर्नेमा बन्दुक एके ४७ किन्ने कि भारतको किन्ने कि, चीनको किन्ने कि अमेरिकाको किन्ने कि ! बारूद बम मिसाइलमा जादै गर्दा हाम्रो दसौं वर्ष खेर गयो,' उनले भने।
महामन्त्री शर्माले त्यसपछि अर्को दस वर्ष संक्रमणकालका नाममा खेर गएको पनि बताए।
इतिहासमै सबैभन्दा बढि उद्योग कलकारखाना खुलेको दाबी गर्दै महामन्त्री शर्माले युवाहरूलाई रोजगारीमा कसरी लगाउन भन्ने तर्फ ध्यान दिन सकेको भए मुलुकको अवस्था यो नहुने पनि थापाले बताए।
'प्रचण्डजी यहाँ आएर मुठी कसेर जानुभो। यहीँबाट उहाँलाई आग्रह गर्छु। ०४८ सालदेखि ५१ सालसम्म नेपालको इतिहासमा गलत तथ्य पढ्यौं पढाइरहेका छौं। हामीले उद्योग बेचेको समय भनेर चिन्छौं तर इतिहास साक्षी छ। तथ्य पल्टाएर पढ्नुभयो भने देख्नुहुन्छ, नेपालको इतिहासमै सबैभन्दा बढी उद्योग कलकारखाना खोलिएको समय नै त्यही ४८ देखि ५१ तीन वर्ष थियो। त्यो नेपालको इतिहासमा स्वर्ण युग थियो,' उनले भने।
'भाइहरू कतार काम गर्न गएका छन्। बहिनीहरू इजरायल काम गर्न गएका छन्। तपाईंहरू काम गर्न जाने कुरा मुठ्ठी कसेर मात्रै फिर्ता आउँदैन। भनेर मात्रै आउँदैन। कतारमा पाएको भन्दा बढी तलब यहाँ पाउनसक्ने अवस्था बनाउन सकियो भने मात्रै आउने हो,' महामन्त्री शर्माले अगाडि भने।
उनले यसपालि फेरि एकपटक मौका आएको बताए।
'म सक्छु भन्ने ठान्छु। म भनेको नेपाली कांग्रेस हो। यहीँ बसेका केटाकेटीलाई महिनाको ३ लाख ४ लाख दिन सक्ने बनाउन सकिन्छ। यसको अवसर के मा आएको छ? सूचना प्रविधिले यसको अवसर ल्याएको छ,' उनले भने।
शर्माले पुराना भनिएका सबै दलहरूमा समस्या रहेको पनि स्वीकार गरे। नयाँ भनिएको दलहरूमा अझै टाउकामै समस्या देखिएको उनले बताए।
'उनीहरूको अझै टाउकोमै समस्या देखियो। हामीले आफ्नो घरभित्रको समस्यालाई सफा गर्नुपर्नेछ। त्यसको सुरूवात यस्तै स-साना मौकाबाट सुरूवात गर्ने हो,' उनले भने,'यो यस्तै मौका हो।'
महामन्त्री शर्माले स्थानीय सरकारले भान्सामा, तरकारी मण्डिमा, भोजमा, विद्यालयमा, खोपमा, गर्भावस्था भएका महिलासँग, नवजवान र बुढासँग काम गर्नुपर्ने बताए।
'यसका निम्ति काम गर्ने मोडल छ,' उनले भने।
'भर्खरमात्रै काठमाडौं महानगरपालिका-३० चार वर्ष लगातार संघर्ष गरेर। दुई वर्ष राम्रोसँग चलाएर काठमाडौं महानगरलाई हस्तान्तरण गरिएको छ,' उनले भने, 'बुढानीलकण्ठमा सहयोग गर्ने मान्छे नभएर यो नमूनामा काम गर्न सकिएन। कीर्तिपुरमा गर्छु। कीर्तिपुरमा नगरको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ भनेर हेर्नसक्ने स्वास्थ्य प्रणाली भएको नगर बनाउन सकिन्छ,' थापाले अगाडि भने।
साभार ः काठमाडौं प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
10 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
10 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले