
पत्रकार महासंघमा तीन महिला केन्द्रीय सदस्य निर्विरोध, यस्तो छ उम्मेदवारको अन्तिम सूची
11 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं , मंसिर २३ गते । नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आदिवासी जनजाति महिला सदस्यमा देविका घर्तीमगर, दलित भित्रकाे दलित महिलामा सावित्री रसाइली र महिला सदस्यकाे दलितमा रीता बुढाथोकी निर्विरोध भएका हुन् ।
निर्विरोध निर्वाचित भएकामध्ये देविका घर्ती र सावित्रा रसाइली एमाले निकट प्रेस चौतारीका हुन् भने बुढाथोकी माओवादी निकट प्रेस सेन्टरकी उम्मेदवार हुन् ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । महासंघमा ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी दर्ता भए पनि अन्तिम नामावली प्रकाशन हुदाँ अध्यक्षदेखि सदस्यसम्म गरेर ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने १२४ जनाको उम्मेदवारी कायम भएको छ ।

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
7 घन्टा पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
7 घन्टा पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
1 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
1 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
2 दिन पहिले